राजनीति

निर्वाचनअघि महाधिवेशन सम्पन्न गर्न राजनीतिक दलका नेताहरुको दौडधुप (भिडियोसहित)


काठमाडौँ – प्रमुख राजनीतिक दलहरूलाई महाधिवेशनको चटारो लागेको छ । सत्तारुढ नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रदेखि राप्रपासम्मलाई महाधिवेशनको चटारो देखिएको हो । आगामी तीनै तहको निर्वाचन अघि दलहरु पार्टीको नेतृत्व चयन गर्न व्यस्त देखिन्छन् । मुलत : अहिले देशमा राजनीतिक स्थीरता छ । भलै दलहरु सत्ताको जोडघटाउमा छन् । ५ वर्षे निर्वाचन तालिका अनुसार आवधिक निर्वाचन सुरु हुन अब करिव ५ महिना मात्रै बाँकी छ ।आगामी फागुनबाट स्थानीय तहको हुँदै्र तीनै तहको निर्वाचन सुरु हुनेछ । त्यस अघि राजनीतिक दलहरु भने आफूलाई तिखारेर राख्न जुमुराएको देखिन्छ

। निर्वाचनमा होमिन पहिले पार्टीको नेतृत्व चयन गर्न दलहरु क्रियाशिल देखिएका हुन् । पटक पटक मिति सार्दै आएको सत्तारुढ दल कांग्रेसले स्थानीय तहका धमाधम अधिवेशन गरेर नयाँ नेतृत्व छनोट गरिरहेको छ । स्थानीय, जिल्ला हुँदै केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ सम्म गर्ने मिति तोकेको छ । अधिकांश जिल्लामा अहिले पालिका अधिवेशन चलिरहेको छ । आगामी निर्वाचनसम्म काँग्रेसले आफ्नो हरेक तप्कामा नेतृत्व छनौट गरी आवधिक निर्वाचनको यात्रा आरम्भ गर्नेछ । जिल्लामा झौ केन्द्मा पनि महाधिवेशनका लागि सभापतिका आकांक्षी नेताहरूले सम्पर्क कार्यालयहरू नै खोलेर गतिविधि गरिरहेका छन् ।

यता प्रमुख विपक्षी दल एमालेलाई पनि महाधिवेशनको चटारोमा छ । एमालेको आउँदो शुक्रबारबाट विधान महाधिवेशन सुरु हुँदैछ । नेतृत्व छनोट र वैचारिक विषयमा निर्णय लिनका लागि छुट्टाछुटै महाधिवेशन पहिलो पटक गर्न लागेको हो । विधान महाधिवेशनका लागि तयार पारेको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधनको विषयमा फरकमतका साथ केन्द्रीय कमिटीबाट पारित भएको छ । महाधिवेशनमा पाँच हजार प्रतिनिधिको सहभागिता रहने गरी एमालेले मापदण्ड तोकेको छ ।

सत्ताको मुख्य घटक नेकपा माओवादी केन्द्र पनि राष्ट्रिय सम्मेलनको तयारीमा छ । माओवादी केन्द्रको सोमबार बसेको स्थायी कमिटीको बैठकले राष्ट्रिय सम्मेलनको कार्यतालिका केही संशोधन गरेको छ । तर राष्ट्रिय सम्मेलनको मुल मिति भने परिवर्तन गरेको छैन । बैठकले सदस्यता नवीकरण गर्ने मितिलाई असोज मसान्तसम्म समय थप गर्ने निर्णय गरेको छ ।

निर्वाचन प्णालीबाटै नेतृत्व चयन गर्ने नेकपा माओवादी केन्द्रको निर्णयले माओावादी केन्द्रको महाधिवेशनलाई थप आकर्षीत गरेको छ । एमालेबाट विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी)ले चाँडै राष्ट्रिय सम्मेलन गर्ने तयारीमा छ । तर मिति भने तोकेको छैन ।
जनता समाजवादी पार्टीको भदौ १ र २ गते भएको केन्द्रीय कमिटीको बैठकले महाधिवेशन गर्ने निर्णय गरेको थियो । सो दलले पनि विधान र नेतृत्व चयनको विषयमा छुट्टाछुट्टै महाधिवेशन गर्न निर्णय गरेको छ । पटक पटक एकता महाधिवेशनको मिति सारेको राष्ट्रिय प्रजातन्त्र पार्टीले कात्तिक २७ देखि ३० सम्मका लागि नयाँ महाधिवेशन मिति तोकेको छ ।

पछिल्लो कार्यतालिकाअनुसार असोज १५ सम्म सातवटै प्रदेशमा महाधिवेशन सम्पन्न भइसक्नुपर्ने थियो । राप्रपा पनि आगामी आवधिकन निर्वाचन अघि पार्टीमा महाधिवेशन सकाइने चटारोमा छ । सारतहः दलहरु अहिले आफ्नो पार्टीलाई पुनर्ताजकी गर्ने, नेतृत्वमा नविकरण गर्ने र पार्टीलाई सशक्त बनाउने दौडमा देखिन्छन् ।