अटो

नाडाको वार्षिक साधारण सभाको मिति तय


काठमाडौँ – नाडाको ४५ औं वार्षिक साधारण सभाको मिति तय भएको छ । शुक्रबार काठमाडौँको एक होटेलमा बसेको केन्द्रीय कार्य समितिको बैठकले नाडाको आउदो ४५ औं वार्षिक साधारण सभा तथा निर्वाचन मसिंर महिनामा सम्पन्न गर्ने तय गरिको हो । ४५ ओं वार्षिक साधारण सभा तथा निर्वाचन २०७८ साल मसिंर २२ र २३ गते सम्पन्न हुने नाडाले जनाएको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको अध्यक्षतामा बसेको केन्द्रीय कार्य समितिको बैठकले सो निर्णय गरेको हो । नाडाको संशोधित विधान २०७८ अनुसार प्रत्येक दुई बर्षमा अध्यक्ष लगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरिय एशोसिएशन समेत गठन गरिसकेको जनाएको छ ।