Breaking

नवनियुक्त मन्त्रीको शपथ आज


काठमाडौँ — नयाँ मन्त्रीहरूले आज शपथ लिने भएका छन् ।

आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा नेकपा एकीकृत समाजवादीका नयाँ मन्त्रीहरु समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेकी थिइन् ।

कांग्रेस, माओवादीका मन्त्रीलाई यथावत राख्दै एकीकृत समाजवादीले सिफारिस गरेकालाई मन्त्री नियुक्त भएका हुन् । नवनियुक्त मन्त्रीहरुको शपथ आज विहान ११ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

नयाँ मन्त्रीहरूमा संस्कृति, पर्यटन तथा नागरिक उड्यननमा जीवनराम श्रेष्ठ, सहरी विकासमा मेटमणि चौधरी, स्वास्थ्यमा भवानी खापुङ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसी नियुक्त भएका छन् ।