विदेश

नवजोत सिंह सिद्धुलाई एक वर्ष जेल सजाय


काठमाडौँ — कांग्रेस नेता, कमेडियन तथा क्रिकेटर नवजोत सिंह सिद्धुलाई बिहीबार सर्वोच्च अदालतले सडक दुर्घटना मुद्दामा एक वर्षको जेल सजाय सुनाएको छ ।

१९८८ मा भएको दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको थियो । ४ वर्षअघि उनलाई सर्वोच्च अदालतले एक हजार रुपैयाँ जरिवाना तिराएर छोडेको थियो । त्यतिबेला उनीविरुद्ध प्रमाण नपुगेको भन्दै अदालतले उनलाई छाडेको हो । तर, पीडितको परिवारले पुनरावलोकनका लागि निवेदन पेस गरेका थिए ।

क्रिकेटरबाट राजनीतिमा प्रवेश गरेका सिद्धुलाई आजै गिरफ्तार गरिने टाइम्स अफ इन्डियामा उल्लेख छ । उनलाई पटियाला जेल पठाउने तयारी भइरहेको छ । उनले ट्वीटरमार्फत कानुनलाई समर्थन गर्ने बताएका छन् ।