पर्यटन

नयाँ वर्षसँगै जनकपुरमा पर्यटकको घुँइचो


काठमाडौँ – विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणको कारणले थला परेको जनकपुरको पर्यटन क्षेत्र अहिले नयाँ वर्षमा भरिभराउ भएको छ । अंग्रेजी नयाँ वर्ष मनाउन जनकपुरमा भारतीय पर्यटकहरुको घुइचो लागेको छ ।

भगवान्को दर्शन र पुजापाठ गरेर नयाँ वर्षको सुरुवात सुखमय होस भन्ने अभिलाषाका साथ जनकपुरमा पर्यटकहरु भरिएको छ । आज बिहानैदेखि जनकपुरको जानकी मन्दिर, राममन्दिरलगायतका धार्मिक मठमन्दिरहरुमा पर्यटकहरुको भिड लागेको छ ।

नयाँ वर्षमा अहिले अत्याधिक रुपमा पर्यटकहरु आएपछि पर्यटन व्यवसायी पनि उत्साही बनेका छन् ।