अर्थनीति

नबिल बैंकले पायो दुईवटा व्यावसायिक अवार्ड


काठमाडौँ — नबिल बैंक लिमिटेडले डेबिट कार्ड र इ-कमर्स व्यवसायमा उत्कृष्ट वृद्धि र उपलब्धिहरू बापत ‘एक्सिलेन्स इन कन्ज्युमर डेबिट कार्ड्स बिजनेस २०२२’ र ‘एक्सिलेन्स इन इ–कमर्स एक्वाइरिङ बिजनेस २०२२’ अवार्ड प्राप्त गरेको छ ।

बैंकले ‘एक्सिलेनस इन कन्जुमर डेबिट कार्ड बिजनेस २०२२’ र ‘एक्सिलेन्स इन इ–कमर्स अक्वाइरिङ बिजनेस २०२२’ अवार्ड हात दुईवटा अवार्ड पारेको हो।

डेबिट कार्ड र इ-कमर्स व्यवसायमा राम्रो अभिवृद्धि गरेका कारण बैंकले उक्त अवार्ड पाएको जनाएको छ ।

उक्त अवार्ड बुधबार काठमाडौँमा भिसा इन्टरनेशनलले गरेको ‘भिसा लिडरसिप कन्क्लेभ– पेमेन्ट्स इनोभेसन फर डिजिटल नेपाल’ कार्यक्रममा हस्तान्तरण गरिएको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले नबिल बैंक पहिलो डिजिटल बैंक भएको बताउँदै त्यसका लागि अवार्ड पाएकामा प्रसन्नता व्यक्त गरे ।

उनले डिजिटल सोलुसनको प्रवर्द्धनमा बैंकले लगानी गरेको बताए ।