बिजनेस

धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले गरे चलखेल, सर्वोत्तम सिमेन्टको सेयर कौडीको भाउमा खरिद (भिडियोसहित)


काठमाडौँ – नेपालको पुँजी बजारमा नियामक निकाय धितोपत्र बोर्ड लाई अभिभावक मान्ने गरिन्छ । तर त्यहि बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले गरेको चलखेल यतिवेला चर्चामा छ । आइपीओ ल्याउन लागेको सर्वोत्तम सिमेन्टको सेयर कौडीको भाउमा बोर्डका अध्यक्ष लगायतले आफ्ना मान्छेको नाममा खरिद गरेपछि समग्र बोर्ड नै विवादमा तानिएको हो ।

नेपालीमा एउटा उखान छ ‘पैसा भनेपछि महादेवका पनि तीन नेत्र’ त्यस्तै भयो नेपालको पुँजी बजारमा पनि । पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डका अध्यक्ष नै आफ्नो पदको दुरुपयोग गर्दै व्यापक चलखेलमा उत्रीएपछि अभिभावक मानिने बोर्ड प्रतिनै अविश्वास पैदा भएको छ । गत साता सर्वाजनिक भएको इन्साईडर ट्रेडिङको घटनामा धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाको प्रत्यक्ष सहभागितामा खुलेआम भष्ट्राचार भएको खुलेको छ । वुक विल्डीङ प्रकृयाबाट आइपीयो ल्याउन लागेको सर्वोत्तम सिमेन्टको सेयर कौडीको भाउमा बोर्डका अध्यक्ष लगायतले आफ्ना मान्छेको नाममा खरिद गरेपछि उनीहरुले खुलेआम भष्ट्राचार गरेको खुलेको हो ।

७५० रुपैया प्रति किक्तामा जारि हुने भनिएको सर्वोत्तम सिमेन्टको आईपीयो प्रक्रीयामै चलखेल भएको आसङ्का गरिएको छ । कम्पनीको वित्तीय अवस्था अनुसार ४ सय देखि ४५० सम्म पर्ने मुल्यलाई सात सय पचास बनाउन कमीसन बापत बोर्डका अध्यक्षले छोरीका नाममा सेयर किनेका छन् । अभिभाकको जिम्वेवारी निवाह गर्दै आएको बोर्ड अध्यक्ष चलखेलमा मुछिनु गलत भएको पुर्व बोर्ड अध्यक्ष रेवतबहादुृर कार्की बताउँछन । यो इन्साईडर ट्रेडिङ नभएर भष्ट्राचार भएको उनको टिप्पणी छ ।

धितोपत्र सम्बन्धि ऐन २०६३ को दफा ९१ र ९२ मा भएको व्यवस्था अनुसार नियामक निकायका परिवारले कुनै पनि कम्पनीको शेयर किन्न नमिल्लने भनिएको छ । तर, पछिल्लो समय नेपालको शेयर बजारको प्रमुख नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष तथा संचालक कै संलग्नतामा शेयरको भित्री कारोबार भएको तथ्य बहिरीए पछि सवै फाइल अख्तीयारले मागेको छ । बोर्डका अध्यक्ष ढुंगाना र बोर्ड संचालक समितिका सदस्य समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल सर्बोत्तम सिमेन्टको धितोपत्रको भित्री कारोबार प्रकरणमा मुछिएका छन् । त्यस्तै, नेप्सेका प्रमुख चन्द्रसिंह साउद पनि यहि प्रकरणमा मुछिएका छन् ।

यसलाई लिएर अर्थ मन्त्रालयले पनि बोर्ड र नेप्सेसँग स्पस्टीकरण मागेका छन् । बोर्ड अध्यक्ष ढुंगानाकी छोरी रेबिका ढुंगानाको नाममा सर्वोत्तमको ११ हजार ९१२ कित्ता शेयर लागत कायम भएको छ । त्यस्तै वरिष्ठ उपाध्यक्ष ढकालका भाई हेमराज ढकालको नाममा एक लाख १९ हजार ११७ कित्ता शेयर खरिद भएको पाइएको छ । रेबिका बोर्ड अध्यक्षकी आफ्नै बिबाहित छोरी हुन् भने हेमराज बोर्ड सदस्य चन्द्र ढकालका सहोेदर भाई हुन् । हाल सवोत्तमको चुक्ता पूँजी ३ अर्ब ४० करोड रुपैयाँ रहेको छ । जसको १५ प्रतिशत अर्थात् ६० लाख कित्ता आइपीओ बुक बिल्डिङ बिधिबाट जारी गर्ने प्रकृयामा छ ।

बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन प्रक्रिया अघि बढाउन धितोपत्र बोर्डले संस्थागत लगानीकर्ताको सूची समेत तयार पारिसकेको थियो । कम्पनीले प्रतिकित्ता शेयर मूल्य ७५० रुपैयाँ कायम गर्न बोर्डसमक्ष प्रस्ताव गरिसकेको थियो । नेपाल धितोपत्र बोर्ड बोर्ड सदस्यको आचारसंहिता २०७४ अनुसार बोर्डका अध्यक्ष तथा सदस्यले बोर्डबाट अनुमतिप्राप्त धितोपत्र व्यवसायी, सूचीकृत संगठित संस्था तथा कारोबारमा आफ्नो पद र नाम दुरुपयोग गरी कुनै पनि किसिमको व्यक्तिगत तथा पारिवारिक फाइदा हुने क्रियाकलापमा संलग्न हुन रोक लगाएको छ । साथै धितोपत्र सम्बन्धि ऐन २०६३ ले पनि यस्तो कारोबारलाई सूचनाको दुरुपयोग गर्दै भित्री कारोबार गरेको मानेको छ ।