Breaking

धरानका मेयर झाडु बोकेर भानु चौकमा


काठमाडौँ — धरान उपमहानगरपालिकाका लागि नव निर्वाचित मेयर हर्कराज साम्पाङ्ग राई बिहिबार झाडु बोकर सरसफाईका लागि भानु चौकमा पुगेका छन् । क्लिन धरानको अभियान सहित मेयर राई शहरलाई सफा राख्न र फोहोर नगर्न भन्दै धरानको मुटु मानिएको भानु चौकमा सरसफाईको लागि आफ्ना सहयोगी सहित भानु चौक पुगेका हुन् ।

राईले झाडु लिएर आफैले सफाई समेत गरेका छन् भने मेयर आफै सरसफाईमा जुटेपछि सहयोगी र अभियान्ताहरुले पनि राईलाई साथ दिएका थिए । कार्यभार सम्हालेको दिनको भोलिपल्टै बुधबार खानेपानीको मुहारको सफाई गर्न सर्दुको मुहानमा पुगेका मेयर राईले त्यहाँ समेत फोहोर नगर्न र नियमित सरसफाई गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका थिए ।

बुधबारै मेयर राईले बिहिबार हुने सरसफाई कार्यक्रममा सहभागि हुन आफ्नो सामाजिक संजालको प्रयोग गर्दै धरानेलाई झाडु बोकेर सहभागिहुन अनुरोध गरेका थिए । अभियान्ता र पत्रकारका विचमा रहेका राईले बस पार्क र टेम्पो स्टेण्डको बिच बिचमा डस्विन राख्न निर्देशन गरेका छन् । यसैविच मेयर राईले धरानको भानुचोकमा रहेको पव्लिक ट्वाइलेटको समेत निरिक्षण गरेका थिए ।