Breaking

धनकौलको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी


काठमाडौँ – सर्लाहीको धनकौल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस कै उम्मेदार निर्वाचित भएका छन् । गाउँपालिकाको अध्यक्षमा रामआश्रय साह र उपाध्यक्षमा अकली सहनी निर्वाचित भएकी छन् ।

अध्यक्ष साहले कांग्रेस उम्मेदवार साह ४ हजार ४ सय ७७ मत ल्याई विजयी भए । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार फकिरा महतोलाई १ हजार ९९ मतान्तरले पराजित गरेका हुन् । पराजित फकिरा महतोले ३ हजार ३ सय ७८ मत ल्याएका छन् ।

उपाध्यक्षमा निर्वाचित कांग्रेसकी सहनीले ४ हजार ५ सय ४ मत प्राप्त गरेकी थिइन् । उनकी प्रतिद्वन्दी माओवादी केन्द्रकी निलमकुमारी देवी सहनीले ३ हजार २ सय २५ मत प्राप्त गरेकी थिइन् ।