बिजनेस

दोहोरो अंकले बढ्यो नेप्से, ७ अर्ब १२ करोडको कारोबार


काठमाडौँ – साताको दोस्रो कारोबारको दिन सोमबार नेपाल स्टक एक्चेञ्ज नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।

सोमबार नेप्से परिसूचक १९ दशमलव ४३ अंकले बढेर २ हजार ७८४ दशमलव ९५ विन्दुमा पुगेको छ । आइतबार ७३ दशमलव ०५ अंकले बढेको बजार सोमबारको कारोबारमा भने १९ अंकले बढेको हो । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स ३.१६ अंकले बढेको छ ।

आज नेप्सेमा २३६ कम्पनीको ७ अर्ब १२ करोड ३४ लाख २४ हजार ३५ रूपैयाँ बराबरको १ करोड ४२ लाख ८८ हजार १ सय ३० कित्ता सेयर ७७ हजार १ सय ८३ पटक खरिद बिक्री भएको छ । त्यस्तै सोमबार नेप्सेमा कारोबार भएका कम्पनीहरूमध्ये १११ कम्पनीका लगानीकर्ताको सम्पत्ति बढेको छ भने ७० कम्पनीको सेयर मूल्य सामान्य घटेको छ ।

बढ्दो बजारमा प्रभु सेलेक्ट फण्ड, चन्द्रागिरी हिल्स, कुमारी बैंक लिमिटेड, नेपाल बाङ्लादेश बैंक, शेन्चरी कमर्सियल बैंकको सेयर मूल्य घटेको छ । आज व्यापार समूहको परिसूचक बैंकिङ, होटेल तथा टुरिजम र मेनेफ्याचरिङ तथा प्रोडक्सनको सेयर मूल्य सामान्य अंकले घटेको छ भने अन्य समूहको सेयर मूल्य बढेको छ ।

आज मध्य भोटेकोशीको सेयर मूल्यमा सर्किट ब्रेकर लागेको छ ।