खेलकुद

दोस्रो रियाद कप २०२२ हँदै


काठमाडौँ — साउदि अरबको रियादमा दोस्रो रियाद कप २०२२ हुने भएको छ । आफ्नो जन्मभुमि छोडेर कर्मभुमिमा बस्दै आएका नेपाली दाजुभाईहरुले ईद अल अधा को अवसरमा दोश्रो रियाद कप २०२२ फुटबल प्रतियोगिता हुने भएको साउदिबाट मिलन शेर्पाले जानकारी दिएका छन् ।

फुटबल प्रतियोगिता जुलाई ८ र ९ गते हुने छ जसअनुसार जुलाई ९ तारिख बेलुका ४ बजे देखि बिहान ६ बजे सम्म खेल हुने छ । प्रतियोगिता पुरानो अल खर्ज रोड स्थित रबिया खेल मैदान मा हुने छ ।

प्रतियोगितामा विजेताले १ लाख १५ हजार साथै ट्रफी मेडल प्रमाणपत्र र उपविजेताले ७२ हजार ट्रफी,मेडल,प्रमाणपत्र प्रदान गर्ने छन् । त्यस्तै आयोजकको तर्फबाट साउदि अरबमा बस्नुहुने खेल प्रेमी सम्पुर्ण नेपालीलाई उपस्थितको लागी आग्रह गरेका छन् ।

आयोजकको सम्पर्क नम्बर भोज गुरुङ -०५५७३९९९५२ दोर्जे लामा -०५५०२५२३११ सुरज राई -०५५०६३२२१७ भेस गुरुङ -०५०२८८१७३२