Breaking

दोषी नेताहरुको प्रवृत्ति, प्रश्न निर्वाचन प्रणालीमा,चुनाव लड्नै सकस


काठमाडौँ — आगामीमंसिर ४ मा संसदीयनिर्वाचनहुँदैछ । निर्वाचनको मितिनजिकिँदै जाँदावर्तमाननिर्वाचन प्रणालीमाथीको बहस पुनःसुरु भएको छ । निर्वाचन प्रणाली र नेतृत्वकाप्रवृत्तिसँगै मुलुकको व्यवस्थामाथी नै अनेक अड्कलजारी छ । नियमितनिर्वाचनलोकतन्त्रको पहिलो सर्त हो । स्वतन्त्र, स्वच्छ र विश्वसनीयनिर्वाचनलोकतान्त्रिक पद्धतिको आधारशिला र यसको सवलकार्यन्वयनगर्ने माध्यमनिर्वाचन प्रणाली हो ।

मुलुकको सर्वपक्षीय र राजनीतिक स्वार्थका आधारमा समेत निर्वाचन प्रणाली छनोट हुन्छ । सफलनिर्वाचन प्रणालीको प्रारुप समग्र राजनीतिक संस्थाहरूको संरचनालाई दृष्टिगत गरी तय गरिएको हुन्छ । नेपालमा २०६२÷६३को जनआन्दोलन पश्चात राज्यको जनसङ्ख्याको बनोट अनुसार महिलातथा पिछडिएका वर्ग, क्षेत्र, अल्पसङख्यक र जातजातिको समानुपातिकप्रतिनिधित्वलाई सुनिश्चिगर्दै मिस्रित निर्वाचन प्रणाली कार्यन्वयनमा छ । नेपालको संविधानले मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरेको छ ।प्रतिनिधितथाप्रदेश सभाहरू मिश्रित निर्वाचन प्रणाली मार्फत गठन हुन्छ ।

संघिय संसदको प्रतिनिधिसभामा १ सय ६५ प्रत्येक्ष र १ सय १० समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीबाट चयन हुन्छ । प्रादेशिक संसदमाप्रतिनिधिसभाको एक सदस्य बराबर दुईजनाहुनेगरी प्रत्यक्षबाट ३ सय ३० जना र समानुपातिकबाट २ सय २० छानिने व्यवस्था छ ।यद्यपि सुरुवात देखि नै मुलुकको निर्वाचन प्रणाली र पद्धतिमाथी प्रश्न उठ्दै आएको छ ।

अन्तरिम संविधान, २०६३ र संविधानसभानिर्वाचन ऐन, २०६४ को व्यवस्थाअनुसार संविधानसभामा सबै वर्ग, लिङ्ग, क्षेत्र एवं जातीय समूहहरूको समानुपातिक समावेशीप्रतिनिधित्व सुनिश्चितगर्न मिश्रित निर्वाचन प्रणाली अन्तर्गतको समानान्तर मिश्रित निर्वाचन प्रणाली कार्यन्वयनमाल्यायो । नेपालको निर्वाचनको इतिहासमाजननिर्वाचित सभामा समानुपातिकप्रतिनिधित्वको दृष्टिले महत्वपूर्ण उपलब्धिहो ।

अर्कोतर्फ निर्वाचनबाट संविधानसभामामहिलाको करीब ३३ प्रतिशत र अन्यतोकिएका समूहहरूको पनिउल्लेख्य प्रतिनिधित्वगर्न सफल छ । तथापीराजनीतिकदलअझभनौ जिम्मेवार पात्रहरूको गलतप्रवृत्तिका कारण खर्चिलो र भड्किलो मात्रहोइननिर्वाचनको निष्पक्षतामाथी नै प्रश्नउठ्दै आएको छ भने अर्कोतर्फनिर्वाचन प्रणाली आलोचितहुँदै आएको छ । लोकतान्त्रिक पद्धति निर्वाचन र संघिय व्यवस्थामाथी समेत बहस छेडिएको छ ।

निर्वाचन प्रणाली मुलुकको आवश्यकताकाआधारमा तय हुन्छ ।मिस्रित निर्वाचन प्रणाली मार्फत मुलुकले प्राप्त गरेका उपलब्धिनकार्न सकिन्न । निर्वाचन प्रणालीलाई प्रणालीमा आधारित भन्दापनिनेताहरुको स्वार्थ अनुकुलप्रयोग हुने गरेकोजानकारहरुको बुझाई छ । निर्वाचन प्रणालीको गरिमाभन्दाआफ्नो स्वार्थ अनुसार चल्ने प्रवृत्तिका कारण वर्तमाननिर्वाचन प्रणालीमा खेदो खन्ने गरेको बुझाई कतिपयको छ ।

दलाल, बिचौलिया र माफियामुखी राजनीतिहावीहुँदाविद्यमान प्रणालीलेनिर्वाचनलाई महँगो बनाएको प्रष्ट । पैसाको भरमा टिकट लिनु र फेरि गरिब र अशिक्षितमतदातालाई लोभ्याएर, डरत्रास देखाएर मतप्राप्त गरी जित्नु नेपालको निर्वाचनको अर्को विकृतिहो ।समानुपातिकतर्फ पनिआफ्नै आसेपासे पोस्ने चलन बढ्दो छ । निर्वाचन प्रणाली भन्दापहिले नेतृत्व र राजनीतिकदलको प्रवृत्ति सुध्रिनु जरुरी छ ।