समाचार

देशभर ९५३ संक्रमित थपिए, ६ जनाको मृत्यु


काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ९५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार ५७९ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा ९५३ जनाको नतिजा पोजिटिभ आएको हो ।

यो अवधीमा कोरोनाका कारण ६ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ८७ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर एक हजार ३७१ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या सात लाख ५९ हजार ८७५ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ७०० रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।