कोरोना विशेष

देशभर ८३४ संक्रमित थपिए, १ हजार २७९ डिस्चार्ज


काठमाडौँ – पछिल्लो २४ घण्टामा ८३४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १३ हजार ७३६ को कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ७३० र एन्टिजेन विधिबाट गर्दा १०४ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप नौ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कारोनाले ज्यान गुमाउनेको कुल संख्या ११ हजार ९६ पुगेको छ । त्यस्तै आज थप १ हजार २७९ जना संक्रमणमुक्त भएका छन् । हाल सम्म कोरोनामुक्त हुनेको संख्या सात लाख ६१ हजार १५४ रहेको छ । नेपालका हाल सक्रिय संक्रमित १९ हजार १४२ रहेका छन् ।