कोरोना विशेष

देशभर ६६२ संक्रमित थपिए, १३ जनाको मृत्यु


काठमाडौँ – पछिल्लो २४ घण्टामा ६६२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ८ हजार ४२६ को कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ५३५ र एन्टिजेन विधिबाट १२७ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप १३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कारोनाले ज्यान गुमाउनेको कुल संख्या ११ हजार ३१८ पुगेको छ । त्यस्तै आज थप ७५८ जना संक्रमणमुक्त भएका छन् । हाल सम्म कोरोनामुक्त हुनेको संख्या सात लाख ८४ हजार १५५ रहेको छ । नेपालका हाल सक्रिय संक्रमित ११ हजार ५७९ रहेका छन् ।