कोरोना विशेष

देशभर ५४५ संक्रमित थपिए, आठ जनाको मृत्यु


काठमाडौँ – पछिल्लो २४ घण्टामा ५४५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ८ हजार ५४९ को कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ४७० र एन्टिजेन विधिबाट ७५ जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर थप आठ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कारोनाले ज्यान गुमाउनेको कुल संख्या ११ हजार ३२६ पुगेको छ ।

त्यस्तै आज थप ७२६ जना संक्रमणमुक्त भएका छन् । हाल सम्म कोरोनामुक्त हुनेको संख्या सात लाख ८४ हजार ८८१ रहेको छ । नेपालका हाल सक्रिय संक्रमित ११ हजार ३१५ रहेका छन् ।