कोरोना विशेष

देशभर ३ हजार ८४० संक्रमित थपिए, ३३ जनाको मृत्यु


काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १० हजार ८८६ जनामा गरिएको पीसीआर परीक्षणमा २ हजार ६३४ र ४ हजार ९२२ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ हजार २०६ जना गरी ३ हजार ८४० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १ हजार ९९३ रहेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ३३ जनाको मृत्यु भएको छ । योसंगै कोरोनाले ज्यान गुमाउनेको कुल संख्या ९ हजार ७९१ पुगेको छ ।