कोरोना विशेष

देशभर १ हजार ४७८ संक्रमित थपिए, १ हजार ६३० डिस्चार्ज


काठमाडौँ – पछिल्लो २४ घण्टामा १ हजार ४७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १३ हजार ९३० को कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार २५१ र एन्टिजेन विधिबाट गर्दा २२७ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप छ जनाको मृत्यु भएको छ । त्यस्तै आज थप १ हजार ६३० जना संक्रमणमुक्त भएका छन् । नेपालका हाल सक्रिय संक्रमितको संख्या २१ हजार १३९ रहेका छन् ।