कोरोना विशेष

देशभर १ हजार ४७६ संक्रमित थपिए, १ हजार ५५० डिस्चार्ज


काठमाडौँ – पछिल्लो २४ घण्टामा १ हजार ४७६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १५ हजार ६९० को कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार १०३ र एन्टिजेन विधिबाट गर्दा ३७३ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप नौ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा ११ हजार ८१ जनाको मृत्यु भइसकेको छ । त्यस्तै आज थप १ हजार ५५० जना संक्रमणमुक्त भएका छन् । योसँगै सात लाख ५८ हजार ५०४ कोरोनामुक्त भएका छन् । नेपालका हाल सक्रिय संक्रमितको संख्या २० हजार २८७ रहेका छन् ।