कोरोना विशेष

देशभर १ हजार २३९ संक्रमित थपिए, १ हजार ३२४ डिस्चार्ज


काठमाडौँ – पछिल्लो २४ घण्टामा १ हजार २३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १५ हजार २४३ को कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ९४१ र एन्टिजेन विधिबाट गर्दा २९८ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप १३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा ११ हजार ७२ जनाको मृत्यु भइसकेको छ । त्यस्तै आज थप १ हजार ३२४ जना संक्रमणमुक्त भएका छन् । योसँगै सात लाख ५६ हजार ९५४ कोरोनामुक्त भएका छन् । नेपालका हाल सक्रिय संक्रमितको संख्या २० हजार ७४३ रहेका छन् ।