Breaking

देवी मन्दिर तथा शक्तिपिठहरुमा दर्शनार्थीहरुको घुँइचो


काठमाडौँ — नेपालीहरुको महान चाड बडा दशै सुरु भए लगतै सर्लाहीलगायत तराईका बिभिन्न स्थानका देवीमन्दिर तथा शक्तिपिठहरुमा दर्शनार्थीहरुको घुँइचो लागेको छ । तराई मधेशकाजिल्लामा देवीदुर्गासहितअन्यविभिन्न देवी देउताकामूर्ति राखिएकाप्रतिमा स्थलतथामन्दिरहरु एक प्रकारले धार्मिक पर्यटकीय गन्तव्य जस्तै बनेको छ ।

मधेस प्रदेश अन्तर्गत पर्ने सर्लाहीजिल्लाको सदरमुकाममलंगवा स्थित प्रशिद्ध राजदेवीमाई,बौधीमाई, कबिलासीनगरपालिका स्थित चमेलीमाई लगायतजिल्लाकाविभिन्नपालिकाहरुमाअवस्थितदशकौ पुरानो एवं प्रशिद्ध देवीमन्दिर तथा मेलाआयोजनको लागिबनाइएका अस्थायी प्रतिमा स्थलहरुमा सप्तमीको दिनदेखि नै विशेष पुजागर्ने र बली चढाउने भक्तहरुको घुइँचो लागेको छ ।

ती मठ मन्दिर तथाप्रतिमा स्थलहरुमादशै सुरु भएको घटस्थापनाको दिनदेखि नै बिहान बेलुका दैनिक रुपमाबिशेष पुजाआजाहुनुका साथै भजनकिर्तन जागरण तथाझिंझियानाचहरु समेत भैरहेका छन । दशैको समयमाशक्ति पिठहरुमा पुजाअर्चना गरेमापारिवारिक सुख शान्तिमिल्ने धार्मिक जनबिश्वास रहीआएको छ ।

अहिले सर्लाहीको सदरमुकाममलंगवा ,विभिन्नचौक चौराहाहरुमाभब्य पण्डाल भित्रनिर्माण गरिएकामातादुर्गासहितअन्य देवी देवताहरुको प्रतिमा स्थलतथादुर्गा मन्दिरहरुमा ठुलो मेलालागेको छ । यस्ता माटोको प्रतिमाहरु सदरमुकाममलंगवा,लालबन्दी,हरिवन, बयलबास, बरहथवा, बागमतीलगायतगाउँगाउँमा स्थापनागरि भब्य मेलालागिएको छदुर्गा भगवतीको प्रतिमा राखिएको स्थान एक प्रकारले धार्मिक पर्यटकीय गन्तव्य जस्तै बनेको छ ।

जहाँआसपासका गाउँहरुबाट ठुलो संख्यामामानिसहरु पूजाआराधनागर्न र मेलाभर्न आउने गरेका छन्। दसैँमालाग्ने यस्तो मेलालाई मौलिक परम्पराको रुपमालिइने जानकारहरु बताउँछन् । तराई मधेसमा दसैं पर्वलाई दुर्गा पूजा, दशहरा, दशमी, भगवतीपूजाको नामले पनिमनाउने गरिन्छ । गतवर्ष कोरोना संक्रमण तथा लकडाउनका कारण मठ मन्दिरहरुमा भिडभाड नभएपनियसवर्ष भने जिल्लाका सबैजसो मठ मन्दिर तथामुर्ति स्थलहरुमा ठुलो मेलालागेको छ ।