Breaking

देउवा र प्रचण्डको सहमतिमा अर्थमन्त्रालय फर्किन तयार भए शर्मा


काठमाडौँ — अघिल्लो दिनसम्म जनार्दन शर्मा अर्थ मन्त्रालयमा फर्किन तयार थिएनन्। उनले आफू निकट नेताहरुलाई फर्किन नचाहेको बताउँदै बरु विकल्पमा अर्को नाम प्रस्ताव गर्ने बताएका थिए । तर, आइतवार बिहानै उनी अर्थमै फर्किने र आजै साँझ शपथ कार्यक्रम राखेको खबर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले सार्वजनिक गर्‍यो।

उनी प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलपछि अर्थमन्त्रालयमा फर्किन तयार भएको स्रोतले जनाएको छ। शर्मालाई अर्थमा फर्काउन प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डबीच सहमति भएको थियो। त्यसका लागि प्रचण्डले आफ्नो पार्टीभित्र पनि छलफल गरेका थिए। शर्माले पनि खुमलटार पुगेर अध्यक्ष प्रचण्डसँग आइतवार बिहान छलफल गरेका थिए ।