Breaking

दावा वोङछु शेर्पाले पुर्‍याए केटुको शिखरमा ‘योहो टेलिभिजन’ को लोगो अंकित झन्डा


काठमाडौँ – विश्व सर्वोच्च शिखर सगरमाथापछिको दोस्रो उच्च शिखर माउन्ट केटु हिमालको आरोही दावा वोङछु शेर्पाले सफलतापूर्वक आरोहण गरेका छन् ।

शुक्रबार राती ११ बजे शेर्पाले केटु हिमालको आरोहण गरेका हुन् । आरोही शेर्पाले ८ हजार ६ सय ११ मिटर रहेका केटु हिमाल आरोहणको क्रममा चुचुरोमा योहो टेलिभिजनको लोगो अंकित झन्डा पनि फरफएका छन् ।

केटु हिमालको चुचुरोमा झन्डा फहराएपछि योहो टेलिभिजनका अध्यक्ष आङ काजी शेर्पाले खुसी व्यक्त गर्नुभएको छ । अध्यक्ष शेर्पाले टेलिभिजनको झण्डा केटु हिमालमा फहराउन सफल भएकोमा आरोही दावा वोङछु शेर्पालाई धन्यवाद व्यक्त गर्नुभएको छ । आरोही शेर्पालाई असार ७ गते एभरेष्ट ब्रोडकास्टिङ तथा योहो टेलिभिजनका अध्यक्ष आङकाजी शेर्पाले टेलिभिजनको झन्डा हस्तान्तरण गर्दै सफल आरोहणको शुभकामना दिनुभएको थियो ।

सोलुखुम्बु खुम्बु पासाङल्हामु गाउँपाकाका आरोही दावा वोङछु शेर्पाले ६ पटक सगरमाथाको आरोहण गरिसकेका छन् । आमादब्लम हिमाल १ पटक, मनास्लु २ पटक, चोय २ र अन्य साना पिकहरु आरोहण गरिसकेका छन् । सोलुखुम्बुको पाङबुचे गाउँमा जन्मेका दावा वोङछु शेर्पा १७ वर्षको उमेरदेखि हिमाल आरोहणमा काम गर्न थालेका हुन् । हालसम्म उनले धेरै विदेशीलाई हिमालका शिखरसम्म पु¥याइसकेका छन् । आरोही शेर्पा काठमाडौँमा रहेको 8K Expeditions Pvt. Ltd. माफर्ता केटु आरोहण गएका हुन ।

यसअघि योहो टेलिभिजनको लोगो अंकित झण्डा ओङड शेर्पाले सगरमाथामा, आङमाया शेर्पाले युरोपको सर्वाधिक अग्लो हिमाल एल ब्रुस र आरोही छिरिङ नाम्गेल शेर्पाले विश्वको आठौँ अग्लो र नेपालको सातौं अग्लो मनास्लु हिमालमा योहो टेलिभिजन झण्डा फहराइसकेका छन् ।

जानकारहरूका अनुसार सगरमाथाभन्दा यो दुई सय ३७ दशमलव ८६ मिटर होचो छ, तर आरोहणका लागि सगरमाथाभन्दा धेरै कठिन छ । ‘पाइला–पाइलामा हिमपहिरोमा परिने जोखिम हुन्छ । आँधीसरि हावा बहन्छ । दैनिक दुईदेखि तीन घन्टा मात्रै आरोहणका लागि सहज हुन्छ, बाँकी समय बाटोभरि हिमपहिरो, हिमआँधी आइरने आरोही बताउ छन् । केटु हिमाललाई किलर माउन्टेन संज्ञा दिइएको छ । २६ पटक सगरमाथा आरोहण गरेका कामीरिता शेर्पाले भन्ने गरेका छन् । ‘केटु हिमाल आरोहण पृथ्वीकै सबैभन्दा कठिन तथा खतरनाक काम हो ।’

माउन्ट केटुको आधार शिविर समुद्री सतहबाट पाँच हजार एक सय १७ मिटर उचाइमा छ । आधार शिविरबाट अगाडि चारवटा क्याम्प पार गर्दै उचाइतर्फ पाइला चाल्नुपर्छ । सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले पहिलोपटक सगरमाथाको सफल आरोहण गरेका थिए । त्यसको अर्को वर्ष इटालीका आरोही अकिले कोम्पानियोनी र लिनो लाछिडेल्लीले पहिलोपटक केटु आरोहण गरेका थिए ।