समाचार

दार्चुला घटनाको छानबिन गर्न समिति गठन,१० दिनभित्र प्रतिवेदन पेश गर्न गृहमन्त्रीको निर्देशन


काठमाडौँ – गृह मन्त्रालयले दार्चुला घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको हो ।

समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कंडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुरेश कुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट छन् ।

समितिलाई घटनाको अध्ययन गरी १० दिनभित्र प्रतिवेदन पेश गर्न गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका छन् ।

यही साउन १५ गते तुइनबाट महाकाली नदी तर्ने क्रममा व्यास गाउँपालिका–२ माल बस्ने वर्ष ३३ का जयसिंह धामी तुइनको तारसँगै महाकाली नदीमा बगी बेपत्ता भएका छन् । घटनाका प्रत्यक्षदर्शीका अनुसार भारतीय सशस्त्र प्रहरी बल ९एसएसबी० का जवानले तुइन काटिदिँदा धामी बेपत्ता भएका हुन् ।