Breaking

दशै मनाउन घर फर्किएपछि विमानस्थलमा रौनक, रोजगारीका लागि विदेशीएका भक्कानिए


काठमाडौँ — आम नेपालीहरुको राष्ट्रिय चाड दशै सुरु भईसकेको छ । दशै तिहार लगायतका पर्व मनाउन आम सर्वसाधरण कर्मथलोबाट जन्मघर फर्किने क्रम सुरु भएको छ । भने अर्कोतर्फ कोहि दशैमा रमाउन त कोहि चाडवाडको मुखमैमा स–परिवार छोडेर विदेशिने क्रम पनि उत्तिकै छ । दशै सुरु भएसँगै सर्वत्र दशैको रौनक छाएको छ । आम सर्वसाधरण चाडपर्व मनाउन विदेशवाट स्वदेश,शहरबाट गाउँ,आफ्नो जन्मथलो फर्किने क्रम बढेको छ ।

दशैताका बसपार्कहरुमा जति चहलपहल हुन्छ उत्तिकै चहलपहल त्रि–भूवन अन्तराष्ट्रिय विमानस्थलमा नहुने कुरै भएन । त्रि–भूवन अन्तराष्ट्रिय विमानस्थलमा देखिने दशैको चहलपहल भने केहि फरक र भिन्न हुने गर्दछ । यहाँ दशै मनाउन स्वदेश फर्किने,दशै मनाउन विदेश जाने अनि चाडपर्वको मुखैमा आफ्ना परिवार आफन्तजनसँग रमाउन छोडेर कमाउन जानुपर्ने बाध्यता भएका अनेकन पात्रहरु भेटिन्छन् ।

पछिल्लो समय नेपालमा मात्र नभई विदेशमा समेत दशैको रोनक बढ्न थालेपछि दशै मनाउन विदेश जाने जमात बढ्दो छ । तर विदेशीने भन्दा दशैका बेला स्वदेश फर्किनेहरुको लर्को लामै हुने गर्दछ । बाध्यताले रोजगारीका लागि विदेशिएकाहरु दशैको मुखमा सकेसम्म मातृभूमि फर्किन्न चाहान्छ । वर्षोपछि परिवार आफन्तसँग दशै मनाउने हर्ष छुट्टै अनुभव गर्न सकिन्छ ।

लामो समय विदेश बसेर चाडपर्वको मुखमा स्वदेश फर्किन पाएकाहरु जति उत्साहित छन चाडपर्वको मुखैमा विदेशिनु पर्नेको पिडामा छन । त्रि–भूवन अन्तराष्ट्रिय विमानस्थल परिसरको यो भीड र त्यहाँ देखिएका दुश्यले यहि भन्छ । लामो प्रतिक्षापछि धन कमाउन विदेश जान पाएकोमा जति खुशी छन दशैको मुखैमा विदेशिनु पर्दाको पिडा अझ धेरै, विदेशीन लागेका व्यतिm र विमानस्थलसम्म पुगेका परिवार आफन्तको रसाएको आँखामा प्रष्ट देख्न सकिन्थ्यो । उनीहरुलाई चाडपर्वको रमाईलो भन्दा परिवार जिम्मेवारीले बढि बाँधेको छ । कोहि आफ्नो सपना पुरा गर्न त कोहि परिवारको भविष्यका लागि केहि समय चाडपर्वलाई थाँति राखेर मन अमिलो गरेरै भए पनि विदेशि रहेका छन ।