अर्थनीति

दशैं लक्षित नयाँ नोट वितरण, कुन-कुन ठाउँबाट कसरी पाइन्छ ?


काठमाडौँ – विगतको वर्ष जस्तै यो वर्ष पनि नेपाल राष्ट्र बैँकले दशैँ लक्षित नयाँ नोट वितरण गर्न सुरु गरेको छ । नेपालीहरुको महान र खर्चिलो पर्व दशैं सुरु हुन १५ दिन बाँकी छ । सर्वसाधारण सहज हुने तरिकाले यो वर्ष राष्ट्र बैंकले वाणिज्य बैँकबाट पनि नयाँ नोट दिने व्यवस्था मिलाएको छ । यता सर्वसाधारण पनि विगतको जस्तो लाइनमा बस्नु नपरेको खुसी देखिन्छन् ।

अघिल्ला वर्षहरुमा नेपाल राष्ट्र बैंकले केन्द्रिय बैंकमै लाइन लगाएर नयाँ नोट साट्ने व्यवस्था गदथ्र्यो । तर, यो वर्ष भने सम्पूर्ण वाणिज्य बैंकहरु मार्फत नयाँ नोट साट्ने व्यवस्था राष्ट्र बैंकले मिलाएको छ । नेपाल राष्ट्र बैँकले १३ अर्व नयाँ नोट बँैकहरुमा पठाई सकेको जनाएको छ ।

आवश्यकता अनुसार थप नोट उपलब्ध गराउने राष्ट्र बैंकले बताएको छ । २७ वटा वाणीज्य बैंकले १० –१० वटा शाखा कार्यालयमार्फत २ सय ७० स्थानबाट नयाँ नोट साट्ने सुविधा मिलाएका छन् । काठमाडौं बाहिर पनि नेपाल राष्ट्र बैँकको शाखा कार्यलय भएको स्थानमा नजिक भएका वाणीज्य बैँकहरुलाई राष्ट्र बैँकले पप्र्यात मात्रमा नयाँ नोट लिन पाउने व्यवस्था मिलाएको छ ।

असोज ४ गतेदेखि नयाँ नोट बाँड्न सुरु गरेको राष्ट्र बैंकले विहिबार सम्म ५ अर्ब रुपैयाँका नयाँ नोट सटही गरिसकेको छ । नयाँ नोट नेपालमा छपाई नहुने भएको कारण नोटको जतन गर्न केन्द्रीय बैंकले सर्वसाधारणसँग आग्रह गरेको छ । नोट नखुम्चाइ प्रयोग गर्न, रंग नलगाउन, पानीमा नभिजाउन र खुम्चाउने काम नगर्न केन्द्रीय बैंकले अपिल गरेको छ । नोट छाप्दा राज्यको सम्पत्ति खर्च हुने हुँदा यसलाई जतन गर्न आग्रह गरिएको नेपाल राष्ट्र बैंकका सह–प्रवक्ता नारायणप्रसाद पोखरेल बताउछन् ।

यसपटक सर्वसाधारणलाई प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ सटही सुविधा दिइएको छ । पहिला नेपाल राष्ट्र बैंकले मात्र वितरण गर्दै आएको दशैंका नयाँ नोट वाणिज्य बैंक मार्फत पनि साट्न सकिने व्यवस्था गरेपछि सर्वसाधारणले सहज भएको बताउछन् । वाणिज्य बैंकले समेत नयाँ नोट साटन थालेपछि लामो लाइन बस्नु पर्ने अवस्थाको अन्त्य भएको भन्दै उनीहरु खुसि देखिन्थे ।

यस वर्ष विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण भीड नहोस् भनेर वाणिज्य बैंकहरु मार्फत नोट साट्ने व्यवस्था गरेको राष्ट्र बैंकले जनाएको छ ।