Breaking

थप ४५५ जनामा संक्रमण पुष्टि, २ जनाको मृत्यु


काठमाडौँ — पछिल्लो २४ घण्टामा ४ हजार ८२९ परीक्षणमा ४५५ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जारी गरेको तथ्यांकअनुसार २ हजार ३०८ पीसीआर परीक्षणमा ३०५ र २ हजार ५२१ एन्टिजेन परीक्षणमा १५० जनामा संक्रमित फेला परेका हुन् । २

४ घण्टामा ३०२ जना निको र २ जनाको मृत्यु भएको छ । आइतबारसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ४३५ पुगेको छ । २४ घण्टामा १३ हजार ३२८ जनाले खोप लगाएका छन् ।