देश

त्रिशूलीमा कार खस्यो


काठमाडौँ – काठमाडौँबाट पोखरा जाँदै गरेको कार चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् ।
ग २ च ४९१८ नम्बरको कार गएराति अनियन्त्रित भई सडकबाट करिब ३५ मिटर तल त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ । कार त्रिशूलीमा खस्दा चालकसहित तीनजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा कार चालक पोखरा महानगरपालिकाका ५५ वर्षका प्रेमबहादुर भुजेल, सोही स्थानका ५५ वर्षका लेखबहादुर भुजेल र उनकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल रहेका छन् ।