मनोरञ्जन

‘तिमी मेरै थियौँ र भेटियौ’ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)


काठमाडौँ – ‘तिमी मेरै थियौँ र भेटियौ’ म्युजिक भिडियो सार्वजनिक भएको छ । शारदा थापा क्रियसन मिडियाले उत्पादन गरेको म्युजिक भिडियो युटुर्वमार्फत सार्वजनिक गरिएको हो ।

थापाको शब्द तथा बुद्ध सायमीको संगीत संयोजन रहेको गीतमा थापाले नै स्वर दिएकी छिन् । भिडियोको निर्देशन मदन खड्काले गरेका छन् भने सम्पादन अबीनाश डिसीले गरेका छन् ।

म्युजिक भिडियोमा चर्चित संञ्चारकर्मी शारदा र प्रीन्स सिङको अभिनय रहेको छ । भिडियोमा अहिलेका युवा युवतीको रोमान्टिक प्रेमकथा देखाइएको छ । म्युजिक भिडियोलाई दर्शकले रुचाउनेमा विश्वस्त रहेको थापाको विश्वास छ । म्युजिक भिडियोको छायाङ्कन नगरकोटको विभिन्न स्थानमा गरिएको छ ।

गायिका शारदा थापा चर्चित रेडियो तथा टेलिभिजनकर्मी हुन् । उनले संञ्चालन गर्ने समसामयिक, राजनीतिक अन्तवार्ता तथा मनोरञ्जनात्मक कार्यक्रमहरु लोकप्रिय छन् । हाल शारदा योहो टेलिभिजनमा कार्यरत छिन् ।

यसअघि पनि उनका थुप्रै गीत बजारमा आइसकेका छन् । कला र साहित्यमा सानैदेखि रुची भएकोले आफ्नो सृजना आमदर्शक तथा स्रोताका लागि बजारमा ल्याएको थापाले बताइन् । निरन्तर समयअनुकुल आफ्ना सृजनाहरु दर्शक तथा स्रोताका लागि ल्याइरहने थापाको भनाइ छ ।