देश

ताप्लेजुङमा डाक्टरको आतंक, पोष्टमार्टम गर्न नमाने पछि परिवार आक्रोशित


काठमाडौँ — गत बुधबार मृत अवस्थामा भेटिएका बिमल कार्कीको शबलाई एमालेको कुरा नसुन्ने भन्दै डाक्टरले पोष्टमार्टम गर्न नमानेपछि परिवार आक्रोशित बनेका छन् । बिहिबार शबलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याईयो तर डाक्टरले एमालेको शबको पोष्टमार्टम नगर्ने कुरा परिवारलाई बताएको र त्यसपछि पार्टीलाई जानकारी गराएको बिमलका बुबाले बताए । त्यसपछि एमालेका जिल्ला उपाध्यक्ष सन्तोष खतिवडाले डा. दिपेन्द्र बोखिमलाई कल गरे ।

खतिवडासँगको कलमा डा. बोखिमले एमालेको कुरा सुन्ने गरेको छैन भन्ने बताएका छन् । उत्त अडियोमा खतिवडाले नमस्कार म एमालेको पार्टी उपाध्यक्ष बोलेको भनि सक्न नपाउँदै डा. बोखिमले नमस्कार फर्काएसँगै एमालेको कुरा सुन्ने गरेको छैन भन्ने प्रतिकृया दिएका छन् । फेरी खतिवडाले एमालेको पार्टी उपाध्यक्ष बोल्दै छु भन्ने कुरालाई दोहोराएका छन् । त्यसपछि खतिवडाले भोलि बिदा भएकोले आजै पोष्टमार्टम गर्न डा. लाई आग्रह गरेका छन् । जवाफमा आफु ट्रेनिङमा रहेको र नियम अनुसार ५ बजे पछि पोष्टमार्टम गर्न नमिल्ने बताएका छन् ।

खतिवडाले भोलि पर्सि अझ लास सड्ने गल्ने भएकाले आजै पोष्टमार्टम गरिदिन आग्रह गर्छन लगत्तै बोखिमले नाम सोध्छन् । त्यसपछि खतिवडाले फेरि परिचय दिन्छन् म सन्तोष खतिवडा सर नेकपा एमालेको उपाध्यक्ष त्यति भनेपछि बोखिमले एमालेको त खासै कुरा नसुन्ने गर्‍या छ भन्छन् । खतिवडाले एमालेको कुरा नसुन्ने गर्‍या छ प्रश्न गर्छन । बोखिमले उम भन्ने जवाफ फर्काए त्यसपछि खतिवडाले ए ल हुन्छ ठिक छ भनेको उत्त अडियोमा सुन्न सकिन्छ । डा. बोखिम र खतिवडा को अडियो शनिबार मात्रै सार्वजनिक भएको हो । निर्वाचनको समय भएकोले असर पुग्न सक्छ भन्ने कुराले आज अडियो सार्वजनिक गरिएको खतिवडाले बताए ।

मृतक बिमलका बुबा भिम बहादुर कार्कीले आफुले पोष्टमार्टम गरिदिन भन्दा पनि एमालेको शब पोष्टमार्टम नगर्ने बताएर पार्टीमा कुरा गरेको र पार्टी उपाध्यक्षले कल गर्दा पनि डा ले सोही कुरा दोहोराएकोमा आफुहरुलाई पिडा माथि पिडा थपिएको बताए । उनले भने,“बिहिबार शब जिल्ला अस्पताल ल्याईयो । पोष्टमार्टम गर्न भन्दा डा ले एमालेको शब पोष्टमार्टम नगर्ने बताउनु भयो । त्यसपछि गाउँ फर्किए । शुक्रबार निर्वाचन भएकोले कुनै साथीहरु आउन सक्नु भएन । पार्टी उपाध्यक्षले कल गर्दा डा ले सोही कुरा दोहोर्‍याउनु भयो । उहाँको कुराले आफुहरुलाई पिडा माथि पिडा थपिएको छ । साथै घटना अझ रहस्यमय भएको छ । ”

एता डा बोखिमले भने आफुले पार्टीको फोर्समा काम नगर्ने आवश्यक डकुमेन्ट र प्रकृया पुरा भएपछि पोष्टमार्टम गर्ने भन्न खोजेको तर त्यस्तो बोलेछु भन्ने प्रतिकृया दिएका छन् । उनले भने,“ उहाँले एमाले भन्नु भयो । मैले पार्टीगत फोर्समा नभई प्रशासनबाट आवश्यक डकुमेन्ट र प्रकृया पुरा गरेपछि पोष्टमार्टम गर्ने बताउन खोजेको थिए । तर त्यस्तो बोली निस्किएछ । डाक्टरको उत्त प्रतिकृया आएपछि उपाध्यक्ष खतिवडाले स्वास्थ्य मन्त्रालयमा फिदिमबाट पोष्टमार्टमका लागि डाक्टर पठाईदिन आग्रह गरेको र त्यहाँको डाक्टर व्यस्त रहेको भएपछि जिल्ला अस्पताल ईलामबाट डाक्टर पठाइएको साथै अहिले पोष्टमार्टम गरि सकिएको र भोली शबलाई परिवारले जिम्मा लिने बताएका छन् ।

एता जिल्ला प्रहरी कार्यलय ताप्लेजुङका प्रहरी नायब उपरिक्षक कैलाश राईले घटनाको विषयमा अनुसन्धान भईरहेको बताए । उनले भने,“ निर्वाचनले गरेर किटानी जाहेरी दिन ढिलो भयो । तर हामिले अनुसन्धान गरि रहेका छौंं । स्थानीयले प्रहरी सामु ल्याई दिनु भएका व्यक्तिहरुसँग सोधपुछ गरि रहेका छौं ।” बिमल कार्कीको शब गत बुधबार मिक्वाखोला १ खोक्लिङको दुङजा जाने बाटो भन्दा करिब ३ सय मिटर तल खोर्साने दह नजिकै भेटिएको थियो ।

तेल्लाबुङ कन्सट्रक्सनमा जेसिबी चालकको रुपमा कार्यरत उनि शुक्रबार हुने निर्वाचनमा मतदान गर्न कार्यस्थल दोभान बाट घर आउँदै थिए । आफु घरसम्म आर्यपुग्न लागेको बताएका बिमल नआए पछि खोज्ने क्रममा उनको घर आउने बाटोमा ब्याग सोही ब्यागको ठिका तल काँडे जाने सडकमा मोबाईल, हान्द्रुङ झर्ने बाटो मुनि भिरमा जुत्ता र ज्याकेट साथै त्यो भन्दा अझ तल बिमलको शब अनुहारमा कालो केहि पदार्थ दलिएको र उत्तानो अवस्था भेटिएको थियो । आफ्नो छोराको आफै मृत्यु नभई हत्या भएको भन्दै हत्यारा पत्ता लगाई सजाय दिन परिवारले आग्रह गरेका छन् । डा. दिपेन्द्र बोखिम नेपाली काङग्रेस ताप्लेजुङ पुर्व जिल्ला सभापति लिला बोखिमका भाई हुन् ।