Breaking

ताप्लेजुङको सिदिङ्वाको अध्यक्षमा मानबहादुर निर्वाचित


काठमाडौँ — ताप्लेजुङको सिदिङ्वा गाउँपालिका अध्यक्षमा नेकपा एमालेका मानबहादुर राई निर्वाचित भएका छन् ।

सत्तारुढ गठबन्धनका साझा उम्मेदवार प्रदीप राईलाई ७०३ मत अन्तरले पराजित गर्दै राई अध्यक्ष चुनिएका हुन् ।

मानबहादुरले ३०८५ मत ल्याए भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रदीप राईले २३८२ मत ल्याए ।

उपप्रमुखमा भने सत्तारुढ गठबन्धनका साझा उम्मेदवार कृष्णकुमारी कडरिया निर्वाचित भएकी छन् । माओवादी केन्द्रकी कडरिडाले एमाले समर्थित स्वतन्त्र उम्मेदवार जीवनकुमार ताम्लिङलाई एक मतको अन्तरले हराएकी हुन् ।

कडरियाले २३०६ मत ल्याउँदा ताम्लिङले २३०५ मत पाएका थिए ।