Breaking

डेंगु महामारी रोक्न सरकारले पटक्कै काम गरेको छैन : गगन थापा


काठमाडौँ – कांग्रेसका महामन्त्री गगन थापाले डेंगुको महामारी नियन्त्रणमा सरकारले गरेको काम चित बुझदो नभएको बताएका छन् ।

आज पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले सरकारको काम गरेको चित बुझदो नभएको बताएका हुन् । थापाले डेंगु महामारी रोक्न सरकारले पटक्कै काम नगरेको भन्दै असन्तुष्टि पोखे ।

उनले भने,‘यत्रो डैगु लागेको बेलामा नेपालसरकारले जुन प्राथमिकतासाथ लाग्नुपर्ने हो । काम गर्ने पर्नेहो । पटक्कै काम गरेको छैन । यसमा हाम्रो ठूलो असन्तुष्टि छ । काम गरेको चित्तबुझदो छैन । काम गरेको तरिका पटक्कै पनि चित्तबुझदो छैन । हिजो हामीले कोभिडको बेलामा त्यो बेलाको सरकारलाई यत्रो कोभिड संक्रमण भइरहेको बेलाका जसरी काम गर्नुपनेै थियो । त्यसरी काम गरेन भनेर भन्यौ आज मैले आफनै सरकारको बारेमा भन्नुपरेको छ । सरकार कसैको हुदैन । सरकार जनताको हो । मुल काम त प्रधानमन्त्रीले तत्काल आपकालिन समिति बनाए डेंगु तुरुन्त कसरी घटाउने अस्पतालमा भएको चाप घटाउन सरकार लाग्नुपर्छ । सरकार अरु काममा अल्झेर यो जिम्मेवारीबाट भाग्न हुँदैन । ’