मनोरञ्जन

‘डान्सिङ स्टार्स नेपाल’को ग्रान्ड फिनाले आज, कसले मार्ला बाजी ?


काठमाडौँ — टेलिभिजन रियालिटी शो ‘डान्सिङ स्टार्स नेपाल’को ग्रान्ड फिनाले शुक्रबार आज हुने भएको छ ।

राजधानीको धुम्बाराहीस्थित स्टुडियोमा राती ८ बजे हुने फाइनलमा तीनजनाको जोडीले उपाधिको लागि प्रतिस्पर्धा गर्ने भएको छ ।

छिरिङ शेर्पा र सरोज प्रजा, प्रीति आले मगर र शेखर घर्ती मगर तथा प्रमिता राणा र जेडी तमुको जोडीबीच प्रतिस्पर्धा हुँदैछ । विजेताले १५ लाख रुपैयाँ नगद प्राप्त गर्ने जनाइएको छ ।

फिनालेमा रियालिटी शोको अफिसियल एपबाट छानिएका उत्कृष्ट तीनजनाले समेत प्रस्तुति दिने भएका छन् । जसमा सिर्जन रावल, सरस्वती धिमाल र एलेक्स विश्वकर्मा छन् ।

गत चैत ११ गतेदेखि सुरु भएको शोमा १२ जना चर्चित सेलेव्रिटीको जोडीबीच प्रतिस्पर्धा भएको थियो । विभिन्न क्षेत्रमा स्थापित सेलेव्रिटीले कोरियोग्राफरसँग जोडी बाँधेर प्रतिस्पर्धा गरेका थिए ।

अभिनेत्री गौरी मल्ल, अभिनेता दिलिप रायमाझी र नृत्य निर्देशक रिनशा बान्तवा राई निर्णायकको रुपमा छन् ।