Breaking

डब्लुएचओका महानिर्देशक आज नेपाल आउने


काठमाडौँ — विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस आज नेपाल आउने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा उनी आज दिउाँसो १२ः२५ बजे नेपाल आइपुग्ने परराष्ट्र मन्त्रलायले जनाएको छ ।

तीन दिने भ्रमणका क्रममा नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेटघाट गर्नेछन् । उनले आजै अपरान्ह तीन बजे स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । यस्तै उनले परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्नेछन् ।

गेब्रेयसस तीन दिने सद्‌भाव भ्रमणमा नेपाल आउन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले जानकारी दिए । भ्रमणकै क्रममा उनले टाइफाइडविरुद्धको खोप अभियान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको पनि अवलोकन गर्ने कार्यक्रम छ ।

महानिर्देशकका साथ डब्लुएचओको दक्षिण पूर्वएशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल र डब्लुएचओका अन्य अधिकारीहरू रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी वैशाख १० गते फर्किने छन् ।