राजनीति

ठाकुर पक्षले चार जिल्लामा विस्तारित बैठक आयोजना गर्दै, शीर्ष नेताहरुले सम्बोधन गर्ने


काठमाडौँ – जनता समाजवादी पार्टी, नेपालका महन्थ ठाकुर पक्षले आज चारवटा जिल्लामा विस्तारित बैठक आयोजना गरेको छ । ठाकुर पक्षले सप्तरी, सिरहा, बारा र महोत्तरीमा विस्तारित बैठक बोलाएको छ ।

उक्त विस्तारित बैठकलाई केन्द्रीय नेताहरुले सम्बोधन गर्ने छ । सप्तरीमा राजेन्द्र महतो, केशव झा, वृषेश चन्द्र लाल, राजिव झाले सम्बोधन गर्ने भएका छन् भने सिरहामा अनिल कुमार झा, डा.सुरेन्द्र झा, उमाशंकर अरगरिया, जयनुल राइनले सम्बोधन गर्ने छ । त्यस्तै महोत्तरीमा महन्थ ठाकुर, शरतसिंह भण्डारी, निर्जला राउतले र बारामा लक्ष्मणलाल कर्ण, जितेन्द्र सोनल, बाबुलाल साह, रमेश पटेलले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले आधिकारिकता पाए पछि ठाकुर पक्षले विस्तारित बैठक आयोजना गर्न सुरु गरेको हो । ठाकुरले बुधबार एक अपिल जारी गर्दै देशका सबै जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बताइसकेको छ ।