Breaking

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा ध्रुव अधिकारीको उम्मेदवारी घोषणा


काठमाडौँ – ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा ध्रुव अधिकारीले उम्मेदवारी दिएका छन् ।

‘अनुभवी र जिम्मेवार नेतृत्व आजको आवश्यकता, सफा सुन्दर र सुरक्षित ठमेल हाम्रो प्रतिबद्धता’भने नारासहित बुधबारकाठमाडौँमा पत्रकार सम्मेलन गरी आगामी दुई वर्षे कार्यकालका लागि समावेशी समूहबाट अध्यक्ष पदमा अधिकारीले उम्मेदवारी घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा अधिकारीले ठमेललाई आन्तरिक र बाह्य पर्यटकको विशेष पर्यटकीय क्षेत्र बनाउनआफूले अध्यक्ष पदमा उम्मेदवारी दिएको बताए । उनले ठमेल भन्ने बित्तिकै गलत म्यासेज बाहिर आएको भन्दै सबै भ्रमलाई चिर्न आफूले भूमिका खेल्ने बताए ।

‘म अध्यक्षमा निर्वाचित भए ठमेलले बर्षौदेखि मुख्य समस्याको रूपमा रहेको पार्किङको समस्या, सडक अतिक्रमण, फोहोर व्यवस्थापन, सडक तथा ढल व्यवस्थापन, तार तथा सडकबत्ती व्यवस्थापन, विकृतिमुक्त ठमेल, व्यवस्थित ठमेल बनाउने छु’ उनले भने ।

अधिकारीको समूहबाट उपाध्यक्षमाराजु मान डङ्गोलर महासचिवमा राजीव पाण्डेले उम्मेदवारी घोषणा गरेका छन् । बाँकी पदमा पनि चाँडै नै उम्मेदवारी घोषणा गर्ने अधिकारीले जानकारी दिए ।

कार्यक्रममा काठमाडौँ वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालले ठमेल आफैमा एक चर्चित गन्तव्य भएकाले पर्यटकहरू आकर्षित गर्न व्यवस्थित र सुरक्षित ठमेल आवश्यक परेकाले यसलाई सहजीकरण गर्न आफू सदैव तयार रहेको बताए ।