खेलकुद

टोकियो ओलम्पिक : एकै दिन ३० जनामा कोरोना पुष्टि


काठमाडौँ – जारी टोकियो ओलम्पिक २०२० मा आज एकै दिन ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हिजो र आज ग्रिसको कलात्मक पौडीबाजलाई कोरोना देखिएको हो ।

यति धेरैमा कोरोना देखिएपछि समूहगत रुपमा कोरोना पुष्टि भएको ओलम्पिक कमिटीले जनाएको छ । ग्रीक कलात्मक पौडीबाजका १२ जना सदस्यमध्ये ६ जनामा कोरोना पुष्टि भइसकेको छ। आज मिडियाका ३, सात जना खेलसम्बन्धित व्यक्तिमा कोरोना पुष्टि भएको छ। उनीहरु सबै जना आइसोलेट भएका छन्। यसअघि हिजो एकैदिन ४ खेलाडीसहित २९ जना संक्रमित भएका थिए।

ओलम्पिकमा पनि पदकसँगै संक्रमितको संख्यामा पनि नयाँ नयाँ कीर्तिमान थपिँदै थएको छ।