खेलकुद

टोकियो ओलम्पिकमा ५७ राष्ट्रले जिते २२६ स्वर्ण


काठमाडौँ – जापानको राजधानी टोकियोमा जारी विश्व खेलकुदको कुम्भमेला ३२औं गृष्मकालीन ओलम्पिकमा रसियन ओलम्पिक टिमसहित ५७ राष्ट्रले स्वर्ण पदक जितेका छन् । हालसम्म २२६ स्वर्ण पदकको छिनोफानो भएको छ ।


पदक तालिकामा चीनले अग्रता कायमै राखेको छ । चीनले ३२ स्वर्णसहित ६९ पदक जितेको छ । दोस्रो स्थानको अमेरिकाले २४ स्वर्णसहित ७३ पदक जितेको छ । तेस्रो स्थानमा रहेको आयोजक जापानले १९ स्वर्णसहित ३६ पदक जितेको छ । अष्ट्रेलिया १४ स्वर्णसहित ३३ पदक जितेर चौंथो र रसियन ओलम्पिक टिम १३ स्वर्णसहित ५२ पदक जितेर पाँचौं स्थानमा रहेको छ ।