खेलकुद

टोकियो ओलम्पिकमा आज पौडी खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्दै


काठमाडौँ – जापानमा जारी टोकियो ओलम्पिकमा आज नेपाली पौली खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्दैछिन् । गौरिकाले महिलाको एक सय मिटर फ्रीस्टाइलमा प्रतिस्पर्धा गर्ने छिन् ।


गौरिकाको खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजे सुरु हुने छ । गौरिका रहेको हिट वानमा चार खेलाडी छन् । गौरिका रहेको हिटमा नाइजेरिया, मोन्टेनेग्रो र गुवामका खेलाडी रहेका छन् । १३औं सागकी स्वर्णधारी गौरिका राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्यमा रहेकी छिन् । यस स्पर्धामा गौरिकाकै नाममा राष्ट्रिय कीर्तिमान रहेको छ । जारी ओलम्पिकमा यसअघि प्रतिष्पर्धा गरेका नेपालका तीन खेलाडी बाहिरिसकेका छन् ।