Breaking

टेष्टमान्यता प्राप्त राष्ट्रको टिमविरुद्धनेपाललाई ऐतिहासिकसिरिज, कमब्याकगर्न सिपालु नेपाल


काठमाडौँ — नेपालीक्रिकेट टोलीआईसीसीविश्वकपलिग २ को तयारीमाव्यस्त छ । त्यसैको तयारी स्वरुप घरेलु मैदानमा खेलिएको टी २० सिरिज बराबरीपछिपहिलो पटक टेष्टमान्यताप्राप्त राष्ट्रको टिमविरुद्धपनि ऐतिहासिकसिरिज जित्नसफलभएको छ । नेपालीक्रिकेट टोलीकमब्याकगर्न मरिमेटेर लागि परेको देखिन्छ । जिम्बावे ए सँगको पछिल्लो टी–२० वा एक दिवसीय खेललाई हेर्दा यो तथ्यको पुष्टिहुन्छ । पहिलो टी–२० खेल ६ विकेटले गुमाएको नेपालले अन्तिमटी–२० माभने ८ विकेटले जितनिकाल्यो ।

त्यस्तै,पहिलो वान डेमा नेपालको हार बिर्सनलायकरहदा, त्यहीं दोस्रो खेलमाभने९ विकेटको शानदार जितहातपारेको थियो ।तीनएकदिवसीयक्रिकेटको सिरिजअन्तर्गतसोमबार त्रिवि मैदानमाभएको अन्तिमतथानिर्णायक खेलमापनिनेपालले जिम्बावेलाई ६विकेटकोफराकिलो अन्तरले पराजितगर्दै ऐतिहाििसकसिरिजआफ्नो नाममापार्न सफलभयो । आईतबार परेको वर्षाले मैदानओसिलो भएपछि५० ओभरको खेललाई ३३ ओभरमाझारिएको थियो ।

निर्धारित समयभन्दातीनघण्टाढिलागरि सुरु भएको खेलमा टस जितेर पहिले बलिङ रोजेको कप्तान सन्दीपलामिछानेको निर्णय नेपालकालागि सही सावितभयो । जिम्बावे ए ले दिएको २१४ रनको लक्ष्यनेपालले ३०.१ ओभरमामात्रचारविकेटको क्षतिमापुरा गर्याे । ओपनरद्वयआसिफ शेख र कुशलभुर्तेलबीचभएको राम्रो साझेदारीकाबाबजूद नेपालले सहजजितनिकाल्न सफलभएको हो । पहिलो विकेटकालागिउनीहरुबीच७३ रनको साझेदारी भएको थियो । भुर्तेलले सातचौका र चार छक्काको मद्दतले व्यक्तिगत ८४ रन जोड्दा शेखले २९ रनको योगदानदिए ।

भुर्तेललाई ब्रान्डनमाभुताको बलमाबोल्डहुनपुगेकाथिए । सुनिलधमला र रोहितपौडेलको विकेट लगातार झरेपछि केहीदबाबमा परेको नेपालको पारी दीपेन्द्रसिंह ऐरी र विनोद भण्डारीले सम्हालेकाथिए । ऐरीले ६० रन बनाउदाभण्डारीले २८ रनको योगदान गरे । उनीहरुले ५८ बलमा ८४ रनको साझेदारी गरेकाथिए । बलिङमाभने ब्राण्डनले ३ विकेटलिँदाब्राडइभान्सले १ विकेट लिए । पहिलो व्याटिङको निम्तो पाएको जिम्बावेले ३२.१ ओभरमा सबै विकेट गमाएर २१३ रन बनाएको थियो ।

जिम्बाब्वे ‘ए’कालागिओपनर मरुमानीले ३१ बलमा७चौका २ छक्कासहित ५० रनको अर्धशतकप्रहार गरे । यस्तै, कुड्जाई मौञ्जेले ३४ बलमा ४ चौका र २ छक्कासहित ३९ रन जोडे । रोयकायाले ३६, टोनीमुनयोङ्गाले २४रनको योगदानदिए ।
जिम्बावेलाई सस्तैमा समेट्न बलिङमाकिशोर महतो नायक सावितभए । उनले ७ओभरमा ४३ रन खर्चेर १ मेडनसहित ५ विकेट लिँदै जादुयी स्पेल फाले ।सोमपालकामीले दुई विकेट लिँदा करणकसी र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए ।