राजनीति

टीका लगाएर बाँड्ने कुनै पनि पद मलाई स्वीकार्य छैन : रावल


काठमाडौँ – नेकपा एमाले १० औँ महाधिवेशनमा वर्तमान अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिष्पर्धामा उत्रन लागेका उपाध्यक्ष भीम रावलले टीका लगाएर पाउने कुनै पनि पद स्वीकार्य नहुने बताएका छन् ।

“महाधिवेशनका नाममा टीका लगाएर बाँड्ने कुनै पनि पद मलाई स्वीकार्य छैन,” रावलले भने, “म अध्यक्षको उमेदवार बन्छु, एक भोट मात्र आउँछ भने पनि प्रतिस्पर्धामा भाग लिन्छु ।” रावलले ओलीले आफूलाई छलफल गर्न प्रस्ताव समेत नआएको बताएका छन् । तर,ओलीले सर्वसम्मत नेतृत्व चयनका लागि नेताहरूसँग छलफल जारी राखेका छन् ।

अहिले रावल आफू अध्यक्षमा बढी मत ल्याउनका लागि खटिरहेका छन् । अध्यक्ष ओलीले प्रतिस्पर्धाले पार्टी कमजोर हुने भन्दै सर्वसम्मत रूपमा नेताहरूलाई पदको भागबन्डा मिलाउने जिम्मा लिएपछि रावल र घनश्याम भुसाल असन्तुष्ट बनेका छन् ।