अटो

टिभिएसले ल्यायो ‘टीभीएस ६ प्राइजको सरप्राइज’ योजना


काठमाडौँ – टुह्वीलर ब्रान्ड टीभीएस नेपालले आउँदै गरेका दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी टीभीएस ६ प्राइजको सरप्राइज योजना सार्वजनिक गरेको छ ।

६ पटकसम्म उपहार जित्न सकिने योजनाअन्तर्गत ग्राहकले विभिन्न टीभीएसका मोटरसाइकल तथा स्कुटर खरिदमा हात खाली नहुन्जेल विभिन्न उपहार प्राप्त गर्न सक्नेछन् । योजनाअन्तर्गत ग्राहकले खरिदबिनै टीभएसनेपाल डटकमस्ल्यास दशैंमा गएर १ लाख रुपैयाँसम्म जित्न सक्नेछन् ।

सवारी खरिद गर्दा १० लाखसम्मको नगद हात पार्न सकिनेछ भने दैनिक रियलमी सी २० स्मार्ट फोन ग्राहकले पाउन सक्ने कम्पनीले बताएको छ । ग्राहकले हरेक साता शतप्रतिशत क्यास ब्याक अफरअन्तर्गत सवारी खरिद गर्दा बुझाएको पूरै रकम फिर्ता पाउनेछन् ।

योजनाको अन्त्यमा मुख्य सरप्राइज रहेको बम्पर प्राइजमा ग्राहकले टीभीएस सवारीसँगै प्रोटोन सागा कार जित्न सक्ने कम्पनीले जानकारी गराएको छ ।