समाचार

टिपरको ठक्करबाट कांग्रेस नेतासहित दुई जनाको मृत्यु


काठमाडौँ – पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–९ विराटचोकमा टिपरका कारण भएको दुर्घटनामा परेर आइतबार राति नेपाली कांग्रेस धनकुटाका नेतासहित दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुने एक जना मोरङको बेलबारीस्थित एनएमबी बैंकका कर्मचारी हुन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राति साढे ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ तीव्र गतिमा हुइँकिएको नम्बर नखुलेको टिपरका कारण विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भएर पल्टिएपछि त्यसमा अर्को मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।