Breaking

झरीले दशैं टीका प्रभावित, सर्वसाधारणदेखि व्यापारीलेसम्मले पाए दुःख


काठमाडौँ — नेपालीहरुको महान् पर्व बडा दशैंको आज दोस्रो दिन । मान्यजनको हातबाट टीका प्रसाद ग्रहण गर्ने क्रम आज पनि जारी छ । तर, निरन्तर परेको वर्षाका कारण टाढाटाढा आफन्तकोमा पुग्नुपर्नेहरु प्रभावित बनेका छन् । लगातार तीन दिनदेखिको वर्षाका कारण सर्वसाधारण हिले दशैं मनाउन बाध्य बनेका छन् । नवमीबाट सुरु भएको पानी पर्ने क्रम एकादशीसम्म आईपुग्दा रोकिने छाटकाट छैन । बिहीबार एकादशीको दिन त बिहानदेखि नै निरन्तर झरी परिरहेको छ ।

झरीले गर्दा यस वर्षको दशैंको टीका प्रभावित बनिरहेको छ ।वर्षाका कारण सडकमा आशीर्वाद थाप्न जानेको चहलपहल फाट्टफुट्ट मात्र देखिएको छ । दशैंको समयमा अनेक योजना बनाएकाहरु वर्षाका कारण खिन्न भएका छन् । दशैंमा एक त सवारी साधनको समस्या त्यसमाथि पनि निरन्तरको झरीले टीका लगाउन हिडेकाहरुलाई गन्तव्यमा वर्षाका कारण टीका जमरा थाप्न मान्यजनकोमा जाने मात्रै प्रभावित भएका छैनन्, दशैंको समयमा केही राम्रो आम्दानी हुन्छ भन्ने आशाले घर नगई ठेलामा फलफूल व्यापार गर्नेहरु समेत प्रभावित भएका छन् ।

फलफmु व्यापारी विहारका सोहन साह दुई बझ्दासम्म बोहनी नभएको भन्दै चिन्तित थिए । जबकि अन्य दिनमा ३÷४ हजारको व्यापार भईसक्थ्यो । दशैंको समयमा ५/१० रुपैयाँ बढि कमाउन घर नगइ काठमाडौं बसे पनि झरीले गर्दा घाटा नै खाएर फलफूल बेच्नुपर्ने अवस्था आएको उनको गुनासो छ । दुई वर्षसम्म कोरोना बाधक बनेर खल्लो बनेको दशैं यस वर्ष भने झरी बाधक बन्यो । तीन दिन देखि निरन्तर परिरहेको पानीले अझै रोकिने संकेत देखाएको छैन ।

दशैंको टीका लगाउन अझै केही दिन बाँकी नै रहे पनि वर्षा भने जारी नै रहने मौसमविद् बताउँछन् । हाल नेपालमा दक्षिण पश्चिम बङ्गालको खाडी र आन्ध्र प्रदेश आसपास बनेको न्यून चापीय प्रभावले गर्दा देशै वर्षा भइरहेको हो ।

दशैं अवधिभर नै पानी पर्ने हुँदा सडक तथा हवाई यातायात सेवा समेत प्रभावित हुने सम्भावना रहेकाले यात्रा गर्दा सर्तकता अपनाउन मौसमविद्हरुले आग्रह गरिरहेका छन् ।