कोरोना विशेष

ज्येष्ठ नागरिकलाई दोस्रो डोज कोरोना खोप माग गर्दै सर्वोच्चमा रिट


काठमाडौँ – कारोना विरुद्ध खोप लगाएका ज्येष्ठ नागरिकलाई तत्काल दोस्रो डोज खोप लगाउन आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । सोमबार रिट लिएर ज्येष्ठ नागरिक चिरञ्जीवि बास गिरी अदालत पुगेका छन् ।

उक्त रिटमा मंगलबारका लागि पेशी तोकिएको छ । फागुन २३ गतेदेखि चैत ३ गतेसम्म सञ्चालित अभियानमा देशभरका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई भारतीय कम्पनी सेरम इन्ष्टिच्युटले विकास गरेको कोभिशिल्ड नामको कोरोना खोप दिइएको थियो । तर १२ हप्ताभित्र दोस्रो डोज खोप दिनुपर्ने भए पनि पहिलो डोज खोप लगाएका साढे १३ लाख ज्येष्ठ नागरिकले दोस्रो डोज खोप पाएका छैनन् ।