समाचार

जोरपाटीमा रहेको भेनस कलेजमा अन्तराष्ट्रिय स्तरको पढाई हुने


काठमाडौँ – गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ मा रहेको भेनस नेशनल कलेजले अमेरिकामा पढाई हुने के १२ कोर्स भित्र्याएको छ । सोेमबार नर्लिङ रिसोर्टमा भएको सहमतीपत्र हस्ताक्षर समारोहमार्फत सो को जानकारी गराईएको हो । आईटीसंग सम्बन्धित कोर्स भित्राएसंगै भेनस काठमाडौंको पुर्वी भेगको उत्कृष्ट शैक्षिक गन्तव्य बन्ने निश्चित छ । निलमणी न्यौपानेले कोर्सको बारेमा स्पस्ट पार्दै जेनिस क्लाउड एकेडेमीको बारेमा बताएका थिए ।

विद्यार्थीलाई आईटी क्षेत्रसँग अब्बल बनाउने र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी उत्पादन गर्ने संस्थाको मुख्य उद्धेश्य रहेको न्यौपानेले बताए । जेनिस सोलुसनसंग भेनसका विद्यार्थीलाई अन्तरास्ट्रिय स्तरमा बिक्न सक्ने बनाउन सम्झौता गरेको क्याम्पस प्रमुख कृष्ण गौतमले बताए ।

एमेजोन, गुगल, अलिबाबा जस्ता कम्पनीसंग सम्झौता गरेको संस्थासंग आबद्ध हुन पाउँदा भेनस कलेज गर्ववान्वित भएको कलेजका अध्यक्ष पेमा छिरी शेर्पाले बताए । सुरुवाती कक्षा १२ सम्म कोर्स सुरुवात गरिएतापनी आगामी दिनमा ब्याचलर लेभलसम्म कोर्स प्रचलनमा ल्याउने कलेजको तयारी छ ।