Breaking

जीपले मोटरसाइकललाई ठक्कर दिँदा दाजुभाइको मृत्यु


काठमाडौँ — पूर्व–पश्चिम राजमार्ग अन्तर्गत शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनीमा जीपको ठक्करबाट मोटरसाइकल सवार दाजुभाइको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय झलारीका अनुसार गएराति महेन्द्रनगर जाँदै गरेको म २ प ६८३३ नम्बरको मोटरसाइकलमा सवार बेदकोट ५ धरमपुरका ३५ वर्षीय गणेश बम र १८ वर्षीय भुपेश बमको मृत्यु भएको हो । उनीहरू सवार मोटरसाइकललाई विपरीत दिशाबाट आउदै गरेको से १ च ४४८ नम्बरको जीपले ठक्कर दिएको हो ।

दुर्घटनामा परी गम्भीर दाजुभाइलाई तत्कालै कैलालीको धनगढीस्थित सेती अस्पतालमा उपचारका लागि पुर्‍याइएको थियो। उपचारकै क्रममा दुवैको मृत्यु भएको प्रहरीले बताएको छ ।

ठक्कर दिने जीपका चालक कैलालीको धनगढी उपमहानगरपालिका १३ का ३७ वर्षिय श्रीराम रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।