खेलकुद

जिम्बाबे ‘ए’ले नेपाललाई २१४ रनको लक्ष्य दियो


काठमाडौँ — नेपालसँगको एकदिवशीय शृंखला अन्तर्गत तेस्रो तथा अन्तिम खेलमा जिम्बावे ‘ए’ले २१४ रनको लक्ष्य पेश गरेको छ ।

वर्षाले मैदान हिलो भएपछि ३३ ओभरमा छोट्याइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे ‘ए’ टोली ३२।१ ओभरमा २१३ रनमा अलआउट भयो । नेपाली बलर किशोर महतोले ५ विकेट लिए ।