खेलकुद

जारी टोकियो ओलम्पिकमा ४९ राष्ट्रलाई स्वर्ण, चीनको अग्रता कायमै


काठमाडौँ – जापानको राजधानी टोकियोमा जारी विश्व खेलकुदको कुम्भमेला ३२ औँ गृष्मकालीन ओलम्पिक खेलकुदमा १ सय ५४ स्वर्ण पदकको छिनोफानो भएको छ । रसियन ओलम्पिक टिमसहित ४९ राष्ट्रले स्वर्ण पदक जितेका छन् ।

पदक तालिकाको शीर्ष स्थानमा रहेको चीनले २१ स्वर्णसहित ४६ पदक जितेको छ । दोस्रो स्थानको जापानले १७ स्वर्णसहित ३० र तेस्रो स्थानको अमेरिकाले १६ स्वर्णसहित ४६ पदक जितेको छ । रसियन ओलम्पिक टिम ११ स्वर्णसहित ३७ पदक जितेर चौंथो स्थानमा र अष्ट्रेलिया १० स्वर्णसहित २७ पदक जितेर पाँचौं स्थानमा रहेको छ । यस्तै, ब्रिटेनले ८ स्वर्ण र दक्षिण कोरियाले ५ स्वर्ण जितेका छन भने फ्रान्स, नेदरल्यान्ड्स र न्युजिल्याण्डले ४–४ स्वर्ण जितेका छन् ।

जर्मनी, क्यानडा, स्विट्जरल्यान्ड, क्रोएसिया र चेक रिपब्लिकले ३–३ स्वर्ण पदक जितेका छन् । इटाली, चाईनिज ताइपे, हंगेरी, कोसोभो र स्लोभानियाले २–२ स्वर्ण पदक जितेका छन् । १ स्वर्ण जित्ने राष्ट्रको संख्या २९ पुगेको छ ।