खेलकुद

जापानमा जारी टोकियो ओलम्पिकमा नेपालका पौडी खेलाडी एलेक्स शाहले आज प्रतिष्पर्धा गर्दै


काठमाडौँ – जापानमा जारी टोकियो ओलम्पिकमा नेपालका पौडी खेलाडी एलेक्स शाहले आज प्रतिष्पर्धा गर्दै छन् । एलेक्सले पुरुषको १ सय मिटर फ्रीस्टाइलमा प्रतिस्पर्धा गर्ने छन् । उनको खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजे सुरु हुने छ । टोकियो एक्वेटिक सेन्टरमा हुने प्रतिस्पर्धामा एलेक्स हिट १ मा रहेका छन् । ७ खेलाडी रहेको यस हिटमा एलेक्स छैटौं लेनमा रहेका छन् ।

रेकर्ड बनाउने लक्ष्यका साथ अघि बढ्ने लक्ष्य उनको रहेको छ । एलेक्स रहेको हिट १ मा प्यालेस्टाइन, भुटान, माल्दिभ्स, कोसोभो, गुएना र सोलोमोन आइसल्याण्डका खेलाडी रहेका छन् । टोकियो ओलम्पिकमा पौडीबाट नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । एलेक्ससँगै गौरिका सिंहले प्रतिस्पर्धा गर्ने छन् । गौरिकाको प्रतिस्पर्धा भने बुधबार रहेको छ ।

गौरिकाले महिला १ सय मिटर फ्रीस्टाइलमै प्रतिस्पर्धा गर्ने छिन् ।